युनाइटेड मोदी हाइड्रोपावरको साधारणा सभा चैत २९ गते

काठमाडौं ।

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको बार्षिक साधारण सभा आगामी चैत्र २९ गते बस्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभामा भने राखेको छैन । 

लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश नभएपनि सभामा हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने छ। यस्तै साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ।

सभा कालिमाटी ब्यांकेट,कालीमाटीमा बिहान ११ बजे बोलाएको कम्पनीले जानकारी दिएको छ ।