धितोपत्र ब्रोकरको नयाँ कार्यसमिति चयन

काठमाडौं । 

धितोपत्र ब्रोकर एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट सागर ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमिति अनुसार एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा अमृत तुलाधर, उपाध्यक्षमा अतिथलाल श्रेष्ठ र महासचिवमा कृष्ण गिरी रहेका छन्। कोषाध्यक्षमा भने सुमनकुमार मल्ल चयन भएका छन्।