सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं । 

सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार,ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको अनुरोधमा बाँडफाँटको मिति पर सारीएर ५ गते, शुक्रबार तय भएको छ ।

सर्वोत्तम सिमेन्टको आइपीओमा साढे ९ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । आइपीओमा अन्तिम दिनसम्म ५ करोड ३७ लाख ७७ हजार ८७० कित्ता बराबरको १९ अर्ब ४० करोड ८४ लाख ३३ हजार रुपैयाँ संकलन भएको हो ।

मागभन्दा १९.३७ गुणा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।