नक्कली नोट कारोबारको आरोपमा ३ जना पक्राउ

काठमाडौं । 

जिल्ला प्रहरी परिसर ललितपुरले नक्कली नोट कारोबारको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई ललितपुरबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा ललितपुरको गोदावरी नगरपालिका–३ टौखेलका ३७ वर्षीय करण प्रधान, काभ्रेको मन्डनदेउपुर नगरपालिका–११ घर भएका सञ्जय अधिकारी र काभ्रेकै बेथानचोक गाउँपालिका–३ घर भएका २५ वर्षीय सबिन हुमागाईंलाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।