काठमाडौं।
फर्स्ट माइक्रोफाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आइतबार देखि १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले संस्थापक शेयर को न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ । आवेदकहरुले न्यूनतम भाउ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।चैत १२ गतेसम्म बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
२७ फाल्गुण २०८०, आईतबार १२:४३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार