काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमय दर जारी गरेको छ ।
बैंकले जारी गरेअनुुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ । हिजो १ डलरको खरिद मूल्य १३२.३१ रुपियाँ र बिक्री मूल्य १३२.९१ रहेकामा आज पनि सोही दर कायम छ ।
त्यसैगरी स्थानीय बजारमा कतारी रियालको मूल्य पनि स्थिर नै छ । आज १ रियालबराबर खरिद ३६.२८ रुपियाँ र बिक्री दर ३६.४४ रुपियाँ छ । जुन, अघिल्लो कारोबार दिनमा पनि यही थियो ।
अमेरिकी डलर, कतारी रियालसहित यसदिन साउदी रियाल, चिनियाँ युआन, मलेसियन रिंगिट, कोरियन वन र हङकङ डलरको सटही मूल्य आइतबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।
५ चैत २०८०, सोमबार १०:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार