आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । 

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

फागुन २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।