अर्थमन्त्री पुन र धितोपत्र ब्रोकर एसोसिएसनबिच भेटवार्ता,


काठमाडौं । 

अर्थमन्त्री वर्षमान पुन र धितो पत्र ब्रोकर एसोसिएसन नेपालबिच भेटघाट भएको छ । एसोसिएसनका प्रतिनिधिले अर्थमन्त्रीलाई शुभकामनाका दिनुको  साथै शेयर बजार सुधारका विषयमा सकारात्मक छलफल भएको छ ।

अर्थमन्त्रीसँगको भेटमा संस्थागत लगानीकर्ताको रूपमा बैंक तथा वित्तीय संस्थाहरूलाई लगानी गर्न रोकेको विषयलाई प्राथमिकतामा हेर्न आग्रह गरेको ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको भनाई छ ।

ढकालले भेटमा शेयर बजारको विकास लागि पहल गरिदिन समेत आग्रह गरेको जानकारी दिएका छन्।