काठमाडौं ।
जलविद्युत तथा सौर्य उर्जा उत्पादक कम्पनी पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओे निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा बोलाएको हो । सभा आगामी चैत ७ गते काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सनका आयोजना हुनेछ ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
१६ फाल्गुण २०८०, बुधबार ०२:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार