गार्डियन माइक्रो लाइफ र उद्यमशीलता बहुउद्देश्यीय सहकारीबीच सम्झौता

काठमाडौं । 

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उद्यमशीलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ ।  सहकारी संस्थामा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी लघुजीवन बीमा गर्नको लागि यी दुई सहकारीबीच सम्झौता भएको हो । 

उक्त सम्झौतामा गार्डियनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र उद्यमशीलता तर्फबाट नि। प्रमुख कार्यकारी अधिकृत सुजीत खतिवडाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता कार्यक्रममा गार्डियन मायक्रो लाइफका मुख्य प्रबन्धक कैलाश देवकोटा, प्रबन्धक दिलिप शर्माको समेत उपस्थिति रहेको थियो ।