सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । 

नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ। बिहीबार २६ सय रुपैयाँले बढ्दै सुनले नयाँ रेकर्ड कायम गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा कारोबार भइरहेको छ।

आज तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसै गरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधवार प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।