काठमाडौं ।
सोल्टी होटेलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटेलको ४४ लाख २३ हजार ८६४ कित्ता शेयर सूचीकृत भएको हो।
आर्थिक वर्ष २०७९/८० का लागि सोल्टी होटेलले कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ५ प्रतिशत बोनस शेयर र २६.५७८९ प्रतिशत नगद लाभांश थियो।
सोही ५ प्रतिशत बोनस शेयर नेप्सेमा थपिएको हो।
२३ फाल्गुण २०८०, बुधबार ०३:३१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार