काठमाडौं ।
कर्जा दुरुपयोगको विषयलाई लिएर सेञ्चुरी बैंकका सीईओ लगायत प्रभु बैंकका बहालवाला कर्मचारी पक्राउ प्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
आज (शुक्रबार) विज्ञप्ति सार्वजनिक गर्दै संघले कर्तव्य पालनाका सम्बन्धमा दोषी करार हुने गरिएको आभाष भएको बताएको छ।
‘कर्तव्य पालनको क्रममा बैंक तथा वित्तीय संस्थाको कामकारबाहीमा प्रत्यक्ष सहभागी नभएतापनि पदीय जिम्मेवारी बहन गरेको कारणले मात्र दोषी करार गरिएको आभाष हुनेगरी कार्य भएको पाइयो,’ संघको विज्ञप्तिमा भनिएको छ।
बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह घरजग्गाको धितो लगायत नगदप्रवाह, परियोजना समेतको आधारमा हुने संघले स्मरण गराएइको छ। ‘नियामक निकायको नीति, निर्देशन, ऐन कानून विपरीत अनुचितकार्य भएको भए पर्याप्त अनुसन्धान÷छानबिन गरेर कसुरको मात्राको आधारमा मात्र कारबाही प्रक्रिया अगाडि बढाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको स्वाभिमान र ख्यातिको ख्याल गर्दै उनीहरुको मनोबल गिर्न नदिन र भयरहित कार्य वातावरण सृजना गर्नेतर्फ गम्भीर हुन सम्बद्ध जिम्मेवार निकायलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार