अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत भएको छ।

नेप्सेमा अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो। यो कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म आफ्ना शेयरधनीहरुलाई हकप्रद बिक्री खुला गरेको थियो।