प्रि ओपन सेसनमा उच्च मूल्यबाट सुरु भयो सर्वोत्तमको कारोबार

काठमाडौं । 

कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको कारोबार उच्च मूल्यबाट सुरु भएको छ । पहिलो कारोबारका लागि नेप्सेले दिएको अधिकतम मूल्य प्रतिकित्ता ५५६ मा पहिलो कारोबार भएको सर्वोत्तमको मूल्य १० प्रतिशत बढेर ६११ रुपैयाँ ६० पुगेको छ ।

कारोबार खुलेको १० मिनेटमा कम्पनीको कुल ४६४ कित्ता शेयर किनबेच भएको छ । एक दिनमा १० प्रतिशतसम्म मात्रै मूल्य घटबढ हुन सक्ने व्यवस्था छ । जसकारण मंगलबारका लागि कम्पनीको मूल्य ६११ रुपैयाँ ६० पैसा नै हुनेछ । 

कम्पनीको शेयर चैत ५ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता शेयर र संस्थापक शेयरधनीहरुले लगानी गरेका ४ करोड ५ लाख कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीको आईपीओ जारी भएको थियो । शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको थियो ।