माउन्टेन इनर्जीको साधारणसभा चैत १३

काठमाडौं । 

माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा चैत १३ गते बस्ने भएको छ । 

सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको प्रस्ताव पेस गर्नेछ । 

सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ । फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । 

सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।