धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएकामध्येबाट पाँच जनाको छनौट सूची तयार,अन्तवार्ता आगामी साता हुने

काठमाडौं ।

पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि अध्यक्षविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १९ जनाबाट पाँच जनाको छनौट सूची तयार भएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलगायत उक्त छनौट सूचीमा परेका छन् ।

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले पाँज जना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा लैजाने छ । मन्त्रिपरिषदले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । छनौटमा परेका पाँच जनाको अन्तवार्ता आगामी साता हुने बताइएको छ ।