सत्ता गठबन्धन फेरबदलको खबरले नेप्सेमा उछाल, तेस्रो सर्किटसँगै ,६ प्रतिशतले बढेर बन्द भयो नेप्से

काठमाडौं । 

सत्ता गठबन्धमा आएको फेरबदलले सोमबारको शेयर बजारमा तीन पटकसम्म सकारात्मक ‘सर्किट ब्रेक’ लागेपछि आजका लागि कारोबार रोकिएको छ । 

दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएर १२ः ४ मा खुलेको बजारमा १ मिनेटमै नेप्सेको वृद्धि ६ प्रतिशत पुगेपछि सर्किट लागेर कारोबारको रोकिएको हो। कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

आज २३० कम्पनीको शेयर मुल्य बढेको छ भने २ कम्पनकिो शेयर मुल्य मात्रै घटेको छ । आज ३२ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ५ कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ भने २७ कम्पनीको शेयर मुल्य ९ .५० प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

माओवादी केन्द्र र कांग्रेसको सत्ता गठबन्धन भत्किएपछि एमाले सहित नयाँ गठबन्धन बन्ने खबरले नेप्सेमा उछाल आएको हो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।