नेपाल हाइड्रो डेभलपरको सिईओमा शेष कुमार ढुङ्गना नियुक्त

काठमाडौं । 

नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत  (सिईओ)  मा शेष कुमार ढुङ्गना नियुक्त भएका छन् ।

कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदनमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रमुख कार्यकारीको कार्यकाल अवधि तीन वर्षको हुने जनाइएको छ ।