कांग्रेस संसदीय दलका प्रमुख सचेतकले मागे अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीको जवाफ

काठमाडौं । 

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका गृहमन्त्री  लामिछानेबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन्  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अनुसन्धान गरिरहेको छ । उनीबारे राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ।

लेखकले उक्त कुराप्रति इंकित गर्दै लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको विषयमा जवाफ मागेका थिए ।