सहकारी क्षेत्रको यथार्थता बाहिर आउन आवश्यक रहेको उपरजिष्ट्रार उपाध्यायको भनाई

काठमाडौं । 

सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)को आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

वर्तमान सहकारीको समस्या सामाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको उपाध्यायको भनाई रहेको छ । 

सहकारीका नीतिगत व्यवस्थाका विषयमा समेत छलफल गरी अभियान सुधारका लागि मार्ग प्रशस्त गर्नु पर्ने उनको धारणा छ । सहकारी सामुहिकताको विषय भए पनि सामुहिकतामा गरिएको काम किन असफल भइरहेको छ सो विषयको समीक्षा गर्नु पर्नेमा उनले जोड दिएका छन्  ।