विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल रहेको सांसद शर्माको भनाई

काठमाडौं ।

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताएका छन् । 

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

सांसद शर्माले देश अहिले आक्रान्त रहेकाले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने भनाइ राखे । उनले देशमा राजश्व संकलन कम हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे।

उनले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताएका छन्

 ।