काठमाडौं ।
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १६.७० अंकले नेप्से बढेको छ ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७.७० अंक बढेर २०७८.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ अंक बढेको छ।
सोमबार नेप्सेमा तेस्रो सक्रिट ब्रेक लागेर ६ प्रतिशतले बढेर सोमबारको लागि कारोबार बन्द भएको थियो । सोमबार थोरै समय बजार खुल्दा पनि ३ अर्ब ७५ करोड २१ लाख बराबारको ९३ लाख ४९ हजार ९१९ कित्ता शेयर किनबेच भएको थियो ।
हिजो सोमबार ४१ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सक्रिट लागेको थियो ।
२२ फाल्गुण २०८०, मङ्गलबार ११:३७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार