पुँजी बजारमा आएको सकारात्मक परिवर्तनलाई सरकार प्रति जनअनमोदन र समर्थनको रुपमा बुझेको प्रधानमन्त्रीको भनाई

काठमाडौं । 

सरकार पुनर्गठनपछि पुँजी बजारमा आएको सकारात्मक परिवर्तनलाई सरकार प्रति जनअनमोदन र समर्थनको रुपमा बुझेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। 

उनले आज संसदमा विश्वासको मत लिनु पूर्व सम्बोधन गर्दै यस्तो बताएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले यस अघिको नेपाली कांँग्रेस सहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाएपछि आज  संसदमा विश्वासको मत लिन लागेका हुन्।