प्रधानमन्त्री निवास अगाडि आन्दोलनरत मिटरव्याज पीडित पक्राउ

काठमाडौं ।  

प्रधानमन्त्री निवास अगाडि आन्दोलनरत मिटरव्याज पीडितलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उक्त स्थानबाट १४ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको हो।

प्रधानमन्त्री निवासको ३ नम्बर गेट आसपासमा नाराबाजी गरिरहेका उनीहरूलाई पक्राउ गरिएको हो प्रहरीले जानकारी दिएको छ।