काठमाडौं ।
नगद १ लाख बढी रकमसहित ८ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङको बाग्लुङ नगरपालिका–१४ घर भई काठमाडौं टोखा नगरपालिका–५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ समेत गरी ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
७ चैत २०८०, बुधबार ०१:३१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार