साताको अन्तिम दिन घटेर बन्द भयो नेप्से, कारोबार रकम ४ अर्ब

काठमाडौं । 

आज साताको अन्तिम शेयर बजार दोहोरो अंकले घटेको छ । विहिबार नेप्से १५.३७ अंकले घटेको छ । आज नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा कायम भएको छ ।

आज ४ अर्ब ३१ करोड ३० लाख १७ हाजर रुपैयाँ बराबरकोकारोबार भएको छ ।

आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा ४८ कम्पनीको शेयर बढेको छ भने १८८ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २.६१ अंकले घटेर ३६५.४२ विन्दुमा पुगेको छ । आज भएको कारोबार मध्ये समहु अन्तरगत एक वटा समुहको शेयर मूल्य बढेको छ भने १२ वटाको शेयर मूल्य घटेको छ ।