काठमाडौं ।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा करिब साढे २२ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक अनुसार ३ वटा लघु बिमासहित १७ वटा निर्जीवन बिमा कम्पनीहरूले कुल २२ अर्ब ४६ करोड २८ लाख ४९ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्। कुल बिमा शुल्कमध्ये ३ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा ७ करोड ५ लाख ६३ हजार रुपैयाँ मात्र रहेको छ ।
माघ मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरूको जारी बिमा लेख संख्या १७ लाख २ हजार ९८७ रहेको छ। ७ महिनाको अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि,कारोबारको आधारमा सगरमाथा लुम्बिनी इन्सुरेन्सले २ अर्ब ६७ करोड २१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।
यस्तै गरी , सिद्धार्थ प्रिमियर इन्सुरेन्सले पनि २ अर्ब २६ करोड माथि बिमा शुल्क संकलन गरेको छ । नेको, हिमालयन एभरेष्ट, एनएलजी, सानिमा जीआइसी, आइजीआई प्रुडेन्सियल, युनाइटेड अजोड र प्रभु इन्सुरेन्सले पनि १ अर्ब माथि बिमा शुल्क संकलन गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार