काठमाडौ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बिहिवारदेखि नै गौशाला शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ।
बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको बताएको छ ।
बैंकको नयाँ शाखा कार्यालय सञ्चालन सँगै, ३५६ शाखा कार्यालय, ३७९ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
१८ फाल्गुण २०८०, शुक्रबार १२:५१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार