काठमाडौं ।
सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।
यी दुई संस्था एक आपसमा मर्ज भई सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएका हुन्।
नेपाल राष्ट्र बैंकले गत माघ २४ गते , नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।
१ः०.८५३५ अनुपातको स्वाप रेसियोमा सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त मर्ज भएका हुन् । मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहनेछ।
त्यस्तै, एकीकृत कारोबार सुरु भएसँगै यी लघुवित्तहरुको शेयर कारोबार आजदेखि १५ दिनका लागि रोक्का हुने भएको छ। धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का हुने भएको हो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार