काठमाडौं ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ३० गतेआठौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँगै मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।
सभा गते, शुक्रबार, बनेपा पार्टी भेन्यु, बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु हुनेछ।
९ चैत २०८०, शुक्रबार १०:३२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार