नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने

नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणकाे २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।

उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।