काठमाडौं ।
नबिल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल बैंक डिबेन्चर २०८७’ निष्काशन गरेको थियो ।
वार्षिक ९ प्रतिशत ब्याजदर दिने उक्त ऋणपत्रमा मङ्सिर २९ गते देखि पुस १३ गते सम्म आवेदन खुला गरिएको थियो । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको थियो । सर्वसाधारण मध्येको ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब भोलिबाट उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार