काठमाडौं ।
रिडी पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन आज फागुन १८ गतेदेखि खुला गर्ने भएको हो।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर कम्पनीका शेयरधनीले ५ कित्ता हाल्न पाउने अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको भनेको छ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरि सकेको छ । जस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार