उत्पादन र रोजगारी बढ्न नसक्नु अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा रहेको अर्थमन्त्री पुनको भनाई

काठमाडौं । 

अर्थमन्त्री वर्षमान पुनले उत्पादन र रोजगारी बढ्न नसक्नु अर्थतन्त्रमा देखिएको समस्याको मुख्य जरा भएको बताएका छन् ।

उनले आज प्रतिनिधि सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

नीजि क्षेत्रलाई लगानीयोग्य वातारण बनाउन सरकारको जोड रहेको पुनले बताए । उनले भने, ‘निजि क्षेत्रलाई लगानीयोग्य वातारण बनाउन सरकारले जोड दिने छ । निजि क्षेत्रलाई प्रोत्साहन गर्नेछ । वैदेशिक लगानीमा जोड दिन्छौं । अर्थतन्त्रमा देखिएका चुनौती सहकारी, लघुवित्त र मिटरब्याजीका समस्या समाधान गर्नका लागि सरकार सकारात्मक रहेको छ ।