सुन तस्करलाई नागरिकता दिलाएको आरोपमा अधिकृत अर्याल पक्राउ

काठमाडौं । 

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।

हेटौंडाको  बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत  रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

 काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरीले जानकारी  दिएको छ । 

काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको अर्यालमाथि आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।