नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड ऋण

काठमाडौं । 

नेपाल बैंक लिमिटेडमा कर्मचारीहरुको मिलेमतोमा नक्कली सुनको धितो स्वीकार गरि ४ करोड ऋण दिएको खुलेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सुन धितोमा राखी बैंकबाट ऋण लिएका एकजनालाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–८ घर भई काठमाण्डौको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह रहेका छन् । साहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको हो । उनलाई बौद्धस्थित हायात होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

साहले नक्कली सुन धितो राखी बैंकबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएका थिए ।

उनले केही समय बैंकको लगातार किस्ता पनि तिरिरहेका थिए । तर पछिल्लो चरणमा उनले ऋणको बाँकी किस्ता नतिरि फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहविरुद्ध जारी भएको पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको हो । 

ऋण लिएर फरार भएपछि उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो।