काठमाडौं ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव सहित १० औं वार्षिक साधारणसभा बोलाएको हो ।
चैत ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको थियो ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.४२२२ प्रतिशतले हुन आउने २ करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ बराबरको बोनस से शेयर र सोको कर प्रयोजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश बाँड्न लागेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र १९ एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत्र १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।
साधारणसभा चैत्र २९ गते काभ्रेपलान्चोकको बनेपास्थित नमोबुद्ध बैङ्क्वेट एण्ड इभेन्टमा हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार