काठमाडौं ।
साताको पहिलो कारोबारका दिन शेयर बजार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचकमा ११.७८ अंकले गिरावट आएर १,९६० को विन्दुमा कायम भएको हो ।
आज २ अर्ब ८ करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज ६७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा गिरावट देखिएको छ ।
आज दिनभरिमा ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भउको छ । शिवम् सिमेन्टको ९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
हिमालयन रिइन्स्योरेन्सको ८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको । बोटलर्स नेपाल तराईको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गालेबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७० प्रशिततका दरले कमाएका हुन् ।
आज एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले ८ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभभन्दा धेरै चिरख्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले गुमाउका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार