सानिमा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । 

सानिमा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्ने गरी उक्त शेयर बिक्रीमा राखेको हो। 

सानिमा बैंकको शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।