काठमाडौं ।
शिवम् सिमेन्टको बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीको पूर्वघोषित बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।
कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीको खातामा बानेस शेयर जम्मा गरेको जनाएको छ ।
कम्पनीको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सभाले पारित गरेको सो बोनस शेयर फागुन १४ गतेदेखि नै शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
१८ फाल्गुण २०८०, शुक्रबार ०१:०० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार