काठमाडौं ।
अम्बे स्टिल्स लिमिटेडले आज (फागुन २३) आफ्नो वार्षिक साधारणसभा गर्दै छ। सभा कम्पनीको आफ्नै कर्पोरेट कार्यालय टेकुस्थित कार्यालयमा बिहान ११ बजेबाट सुरु भएको हो । कम्पनीले सभामा प्रिमियम मूल्यमा आइपीओ ल्याउने प्रस्ताव राख्दै छ।
सभाले आर्थिक वर्ष २०७९र८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन सभाले स्वीकृत गर्नेछ। तेस्तै,सञ्चालक समितिको गठन पनि गर्नेछ।
सभाले कम्पनीले आफ्नो सेयर प्रिमियम मूल्यमा सर्वसाधारणमा आइपीओ बिक्री गर्ने तयारीमा छ। यो सभामा विशेष प्रस्तावको रुपमा जादैँ छ। सभामा आइपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
तेस्तै कम्पनीले भविष्य आउने आइपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक र अन्डरराइटर नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ। आइपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।
कम्पनीको सूचनामा कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ। साथै कम्पनीको बैंक ऋण सम्बन्धमा सभाले छलफल तथा पारित गर्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार