फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

काठमाडौं ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । 

मर्ज प्रश्चात्  यी दुई लघुवित्तले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेकाले ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

दुबै कम्पनीले एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट फागुन २१ र कम्पनी रजिष्ट्रार कार्यालयबाट फागुन २२ गते अन्तिम स्वीकृति पाइसकेका छ्न्।

दुबै कम्पनीको गत बैशाख १० गते बसेको विशेष साधारण सभाबाट मर्ज हुने प्रस्ताव पारित भएको थियो । यी कम्पनीले मर्जरका लागि राष्ट्र बैंकबाट गत कात्तिक ३ र नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते अन्तीम स्वीकृति पाएका थिए ।