काठमाडौं ।
अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधी २०८० सार्वजनिक गरेको छ।
नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनुसूची १ बमोजिमको सूचना प्रकाशन गरी आवेदन माग गनुपर्ने हुन्छ ।
अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ (ग) बमोजिम ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको र अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित)ले तोके बमोजिम देहायको अयोग्यता नरहेको व्यक्तिलाई छनोट गर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
हेर्नुहोस कार्यावधि
https://drive.google.com/file/d/1MpJs8l6jY289rBHMmi7JLhFQA8ZETRmW/view
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार