ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा,लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । 

ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले कम्पनीको १० र ११ औं वार्षिक साधारणसभा आगामी चैत्र २७ गतेका लागि साधारण बोलाएको हो । 

फागुन २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।