एभरेष्ट बैंकले माग्यो कर्मचारी,३० वर्ष नकटेको व्यक्तिले आवेदन दिन सक्ने

काठमाडौं । 

एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।

इच्छुक आवेदकको उमेर आवेदन दिदाको अन्तिम मितिसम्म ३० वर्ष नकटेको हुनुपर्ने,बैंकिङ अन्भव हुनुपर्ने र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्ने बैंकले जनाएको छ ।

छनौट भएका आवेदकलाई अफिसर तहको नियुक्त दिइने र एक वर्षका लागि ट्रेनी अन्तर्गत रहनुपर्ने बैंकले उल्लेख गरेको छ । इच्छुक तथा योग्य आवेदकले आगामी चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।