एचआइडिसिएलको नगद लाभांश सेयरधनीको बैंक खातामा

काठमाडौं । 

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले आव ०७९/८० को मुनाफाबाट घोषणा गरेको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत पुस ५ गते नै ५/२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो । पुस २९ गते नै साधारणसभा सम्पन्न गरि लाभांश पारित भएपनि लामो समयसम्म लगानीकर्ता बोनस प्राप्त गर्न सकेका थिएनन् ।

शेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा फागुन २७ गते देखि लाभांश जम्मा गर्न थालिएको हो ।

बुक क्लोज मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको छ ।