प्रतितोला ७ सय रुपियाँले बढ्यो सुनको मूल्य

काठमाडौं । 

मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।