काठमाडौं ।
आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम भएको छ ।
आज चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।
आज २२० कम्पनीको शेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त र स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ८.९५, नाडेप लघुवित्त ८.०७, अभियान लघुवित्त ८.०१, ग्लोबल आइएमई लघुवित्तको ७.६८ र एनएमबी बैंकको ७.६२ प्रतिशतले शेयरमूल्य बढेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार