काठमाडौं ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् ।
नेशनल लघुवित्तको दशौं वार्षिक साधारण सभा चैत्र १६ गते शुक्रबार धुलिखेल लज रिसोर्ट धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान साढे १० बजेदेखि सुरु हुनेछ ।
यी दुई कम्पनीको लाभांश हात पार्न आजै शेयरधनी बन्नुपर्ने हुन्छ ।
माउन्टेन इनर्जीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १३ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
त्यसैगरी, नेशनल लघुवित्तले गत आवको वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार